बिहीबार नेपाल आउँदै भारतीय विदेश सचिव

काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुईदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन्।

बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। श्रींगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसित भेट गर्ने कार्यक्रम छ।

श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।

शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल र भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ। उनी शुक्रबार भारत फर्कने छन्।

अन्य सम्बन्धित समाचार:  कैलालीमा ३ जना संक्रमितको मृत्यु, ४१६ जना संक्रमण पुष्टि