म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा

एजेन्सी। म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ।

समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई १–० गोलले पराजित गरेको हो।

खेलको ३६ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर म्यानचेस्टर सिटीको जित निश्चित गरेका हुन्। जितपछि शीर्ष स्थानको सिटीको दुई खेल बाँकी हुँदा १२ अंक भएको छ। तेस्रो स्थानको ओलम्पिकासको तीन अंक छ।

सोही समूह अन्तर्गत बुधबार राति भएको खेलमा मार्सेइलीलाई २–० गोलले पराजित गरेको एफसी पोर्टो ९ अंकसहित दोस्रो स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिगमा आज दुई खेल हुँदै