दाङमा पाँच गोली लागेका व्यक्ति खोलामा भेटिए

दाङ। दाङमा एक व्यक्ति बुधबार राति पाँच गोली लागेर घाइते भएको अवस्थामा खोलामा भेटिएका छन्।

तुलसीपुर उपमहानगरपालिका १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।

पौडेलको ढाडमा तीन तथा दाहिने तीघ्रामा दुई गोली लागेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका ९ च्याउ खोलामा पौडेल गोली लागेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ।

पौडेललाई कसले गोली हानेको हो भन्ने कुरा खुल्न सकेको छैन। घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ।