भारतीय विदेश सचिव काठमाडौँमा

काठमाडौं। भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

विदेश सचिव श्रृंगला केहीबेर अघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ।

त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन्।

शुक्रबार ज्यापु समाजको भवन उदघाटन तथा गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी भारत फर्किने छन्।

अन्य सम्बन्धित समाचार:  बाग्लुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु