नेप्से परिसूचक कीर्तिमानी अंकमा

नेप्से कारोबार

काठमाण्डाै। शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ। नेप्सले बिहीबार झण्डै ४ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ। आज मध्याह्न १२ बजेर १४ मिनट जाँदा नेप्से परिसूचक १९ सय २६ विन्दुमा पुगेको थियो। व्यापार र सामूहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ।

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

अन्य सम्बन्धित समाचार:  ‘एमाले-एमाले’ बीच भिडन्त, बादलविरुद्ध माधव पक्षका खिमलाल उम्मेदवार