२४ घण्टामा १ हजार ६१४ संक्रमित थपिए: २३ जनाको मृत्यु

संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख २७ हजार  ६४० सय पुगेको छ। त्यसैगरी देशभरमा १ हजार ४३७ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

हाल देशभर १६ हजार ७९३ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ६८० जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  शीतल निवास पुगेर महन्थ र राजेन्द्रको राष्ट्रपतिलाइ आग्रह– उपेन्द्र आए वैधता नदिनू