आज सुनको भाउ यथावत्

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से सामान्य अंकले घट्यो