कक्षा १२ को फिजिक्सको परीक्षा रद्द भएकाे छैन

काठमाडाै‌।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नभएकाे जनाएकाे छ। मंसिर ११ गते संचालित फिजिक्स विषयको परीक्षा रद्द गरेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै रद्द नभएको जानकारी बोर्डले गराएको हो। परीक्षा बोर्डले भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसको पछि नलाग्न समेत भनिएको छ।

अन्य सम्बन्धित समाचार:  चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै