डिएगो म्याराडोनाको अन्त्येष्टि

एजेन्सी। विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको एक निजी समहारोकाबिच अर्जेन्टिनाको ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ।

साठी वर्षीय म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भएको थियो। उनको निधनपछि विश्वभरका फुटबल प्रशंसकहरु यतिबेला शोकमा छन्। अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।

बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी झण्डै दुई दर्जन व्यक्ति मात्र सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले म्याराडोनाको अन्तिम बिदाइ गरेका थिए। उनीहरुले म्याराडोनाको कफिन चुम्बन गरेका थिए। म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका प्रशंसकहरुको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गर्नुपरेको थियो।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी

राजधानीको बाहिरी क्षेत्रमा रहेको भिस्टा चिहान घर म्याराडोनाको पार्थिव शरीर गाडिएको हो। घरमै रहेका बेला उनलाई हृदयघात भएको हो। दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए। उनले सो विश्वकपमा इंग्ल्याण्ड विरुद्ध हातको सहायताले गरेको गोल निकै चर्चित छ। सोही गोलका कारण म्याराडोनलाई ‘ह्याण्ड अफ गड’ का रुपमा चिनिन्छ।

म्याराडोनाले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका थिए।