पेन्सन लिन भारतसित जोडिएका दार्चुलाका तीन नाका खोल्ने सहमती

डडेल्धुरा। पेन्सन लिनका लागि भन्दै भारतसित जोडिएका दार्चुलाका तीन नाका खोल्ने सहमती भएको छ।

नाका बन्द हुँदा भारतका पेन्सन लिँदै आएका नेपालीलाई समस्या भएको थियो। सहजीकरणका लागि स्थानीय तहहरुले गरेको अनुरोधका आधारमा भारतीय पक्षको सहमतीमा नाका खोल्न सहमती भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योतसना भट्ट जोशीले जानकारी दिइन्।

बिहीबार जोशीले सूचना जारी गर्दै पेन्सन सुविधा बुझ्ने र बैँक खाता नविकरण गर्ने प्रयोजनका लागि मात्र लाली, जौलजिवी र खलंगा नाका खुला गरेको बताइन्। दुवै देशको सहमतीमा तय गरिएको कार्यतालिका अनुसार मात्र ति नाका खुला गरिने छन्।

खलंगा र जौलजिवी नाका मंसिर ११ देखि १४ गतेसम्म बिहान १० देखि ११ सम्म तथा साँझ ४ देखि ५ बजेसम्म खुल्ने छ। लाली नाका मंसिर ११ देखि १३ गते बिहान १० देखि ११ तथा साँझ ४ देखि ५ बजेसम्म खुला हुनेछ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा ३ जना संक्रमितको मृत्यु, ४१६ जना संक्रमण पुष्टि