गुल्मीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु

गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

इस्मा–४ हुलबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको छ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन्। चालक बुद्ध बस्नेत सकुशल छन्।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु

घाइतेलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याइएको छ। जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।