उदयपुरमा बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता पक्राउ

उदयपुर। उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लवका दुई कार्यकर्ता पक्राउ परेका छन्।

पाँच दिन अघि बम विस्फोट गराएको अभियोगमा ताप्ली–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली–१ ओख्लेका ३५ वर्षीया रितु विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

विक विप्लव समूहका जिल्ला सदस्य तथा देवकोटा जिल्ला सल्लाहकार हुन्। उनीहरुले गाउँपालिका भवनमा दुई सुतली बम विस्फोट गराएका थिए।