महेन्द्रनगरमा युवक मृत भेटिए

महेन्द्रनगर। कञ्चनपुरमा घाँटीमा तारले बेरिएको अवस्थामा एक युवक मृत भेटिएका छन्।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान उनी मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकको पहिचान खुल्न नसकेको बताए। युवकको हत्या गरिएको आशंका गरिएको छ।

घटनाबारे पत्ता लगाउन धनगढीबाट तालिम प्राप्त कुकुर ल्याइएको छ।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरा अस्पतालमा मृत्यु कोराना संक्रमित महिलाको मृत्यु