चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

चितवन। चितवनको भरतपुर अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय पुरुष तथा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का ५७ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो।

भरतपुर–१७ का वृद्ध मंसिर ५ गते अस्पताल भर्ना भएका थिए। ति वृद्धमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै हेटौंडा–१० की महिलालाई मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो। ति महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  महामारीमा कालोबजारी! नुन तेल देखि अस्पताल सम्म