महोत्तरीमा भतिजाको कुटाइबाट काकाको मृत्यु

जलेश्वर। महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा बिहीबार राति भतिजाको कुटाइबाट काकाको मृत्यु भएको छ।

मनरासिस्वा–१ का ६० वर्षीय खेलावन मण्डलको भतिजा ३५ वर्षीय विनोद मण्डलको कुटाइबाट मृत्यु भएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

बिहीबार आपसी विवाद हुँदा विनोदले काका खेलावनलाई कुटपिट गरेका थिए। गम्भीर घाइते उनको स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि मृत्यु भएको हो।

प्रहरीले कुटपिट गर्ने विनोदलाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु