पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का अधिकांश स्थानमा मौसममा बदली भएको छ। एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।

गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले शुक्रबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानमा तापक्रममा गिरावट आउउने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट