कुलेखानी जलाशयमा २८ वर्षीया युवतीकाे शव फेला

मकवानपुर।

इन्द्रसरोवर गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। शव परीक्षणका लागि हेटौँडा ल्याइएको छ। उनकाे हत्या या आत्महत्या के हाे भन्नेबारे अनुसन्धान जारी रहेकाे छ।

त्यसैगरि इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर घुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ।