कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु

विराटनगर। मोरङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको कोरोना संक्रमणका कारण नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो।

त्यसअघि झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते महिलाकाे शल्यक्रिया गरेर बच्चा जन्माईएकाे थियाे। शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो।

कात्तिक ३० गते विराट मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनलाई त्यसपछि अचानक मंसिर १० गते श्वास लिन समस्या भएपछि नोबेल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनकाे मिर्गौलामा खराबी र निमोनिया देखिएकाे थियाे।

उपचारकै क्रममा बिहीबार राति ११ बजेतिर महिलाकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ। यसअघि विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिए पनि अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु