सुर्खेत: प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

बालिका बलात्कार

सुर्खेत।

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भएर अहिले वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो। धामीलाई १२ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए।

‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ उनले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन्।’

उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बझाङमा खुँडा प्रहार गरेर युवकको हत्या गर्ने एक जना पक्राउ