कोरोना अपडेट: १ हजार ३८० संक्रमित थपिए: १९ जनाको मृत्यु

डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख ३० हजार  २२३ पुगेको छ। त्यसैगरी देशभरमा ५ हजार १५ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ६१८ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५४पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म देशभरमा १७ लाख १९ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै