शंखमुलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका ३१ शंखमुलमा शनिबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ८८०० नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको अभिव्यक्तिमा रोक लगाउनुपर्छ: अधिवक्ता न्यौपाने