चिनियाँ रक्षामन्त्री आइतबार काठमाडौँ आउँदै

काठमाडौं। चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आउँदैछन्। केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। त्यसपछि उनी आजै फिर्ता हुनेछन्।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन्।

परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने औपचारिक जानकारी गराएको छ।

उनको ‘वर्किङ भिजिट’ भएकाले अन्य अनौपचारिक भेट पनि हुने अनुमान छ। तर भेटघाट र कार्यसूचिबारे चिनियाँ पक्षले केही पनि सार्वजनिक गरेको छैन।व

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै राष्ट्रिय सभाको नमुना बैठक