सुनको भाउ तोलामा छ सयले घट्याे

काठमाडाै‌‌।

स्थानीय बजारमा आज सुनकाे मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो। यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो। शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो।

अन्य सम्बन्धित समाचार:  इन्फ्रास्ट्रक्चरको आइपीओ भर्ने अन्तिम दिन आज