धरानमा २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

काठमाडौं। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानले महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको जनाएको हाे।

मंसिर २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ। उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  जनकपुरमा अर्का युवक पनि पेस्तोल सहित समातिए