कोरोना कहरको मारमा डडेल्धुराका ओखर व्यवसायी

भावना पौडेल,डडेल्धुरा।

एक समय यस्तो थियो जतिबेला डडेल्धुराका कृषकको आयआर्जनमा ओखरले राम्रै स्थान पाउने गरेको थियो। तर समय हिजो जस्तो रहेन। कोरोना महामारीका कारण ओखर व्यवसायी मारमा परेका छन् यतिखेर।

लाखौंको आम्दानी गरेको ति दिनहरू सम्झेर मात्र बस्न पर्ने अवस्थामा पुगेका छन् ओखर कृषकहरू। उनीहरु यो वर्ष ओखर बेचेर आएको पैसाले अरुथोक किन्ने अवस्थामा त छैनन् नै ओखरको दाना हेरेर कल्पिन पर्ने अवस्थामा रहेका छन्।

सिजनमा लाखौको आम्दानी गर्न सफल व्यापारी बढ्दो कोरोना कहरको चपेटामा छन्। ति मध्य एक हुन् तारा ऐर। उनलाई मानिसको चहलपहल कम हुँदा चिन्ता थपेको छ। त्यसमा पनि अन्य जिल्लामा निर्यात हुन नपाउँदा बेचैनी  बढाएको  छ। 

अन्य सम्बन्धित समाचार:  चित्लाङ सम्पदा सूचीको मन्दिरबाट पाँच मूर्ति चोरी

अघिल्ला वर्ष सुदूरपश्चिमको पहाडी जिल्ला लगायत तराईका र डडेल्धुराको स्याउले वजार र सदरमुकाममै ओखर बेचेर लाखौ कमाउँथिन् तारा ऐर। उनले भनिन्, “स्याउले वजार सहित डडेल्धुरा सदरमुकाम बसपार्क क्षेत्रमा ओखर बेचेर वर्षेनी एक लाख देखी दुई लाख सम्म आम्दानी  हुन्थ्यो,  तर यो वर्ष व्यापार ठप्प छ।”

पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानबाट उत्पादित ओखर जिल्ला सदरमुकामको बसपार्क र स्याउले बजारमा ल्याई प्रतिकिलो ६ सय देखि ७ समयसम्ममा बेच्ने गरिएकाे छ। 

गत बर्ष ५ देखी ७ क्विन्टलसम्म ओखर बिक्री गरेको भएपनि यो वर्ष भने १,२ क्विन्टल मात्र बिक्री गरेको अर्का विष्णु पन्तले बताए। अहिलेको सिजनमा डडेल्धुरामा ओखरको ब्यापारलाई मुख्य व्यापारका रुपमा लिने गरिन्छ। तर यो वर्ष कोरोना कहर एकातर्फ, अर्कोतर्फ नगरपालिकाले जारी गरेको १५ दिने सूचनाका कारण ब्यापार हुनसकेको पन्तले बताए।