२४ घण्टामा १ हजार २५५ संक्रमित थपिए: १ हजार ४०४ डिस्चार्ज

काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २५५ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ। त्यसैगरी देशभरमा १ हजार ४०४ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।

हाल देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म देशभरमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु