नेप्सेले गत बिहीबारको रेकर्ड तोड्याे

काठमाडाै‌।

नेप्सेले गत बिहीबारको रेकर्ड तोडेको छ। साताको पहिलो कारोबार दिन बैङ्किङ र विकास बैंक उपसमूहको परिसूचक बढेसँगै आइतबार नेप्से परिसूचक ७५. ०२ अङ्क अर्थात ३. ९६ प्रतिशत बढेर १९६८. २७ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। आज नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन २०० कम्पनीको ८० हजार २७१ पटकको कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स १८. ७६ अङ्क बढेर ३८३. ९३ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इन्डेक्स ६. २९ अङ्क बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ७. ४ अङ्क बढेको छ।

अन्य सम्बन्धित समाचार:  इन्फ्रास्ट्रक्चरको आइपीओ भर्ने अन्तिम दिन आज

यस दिन कारोबारमा आएका १२ उप समूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८. ११ प्रतिशत बढेको छ। त्यसैगरी, बैङ्किङ उपसमूहको परिसूचक यस दिन ७. ८१ प्रतिशत बढेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक २. २४ प्रतिशत, हाइड्रोपावरको १. ८ र फाइनान्सको १. ३७ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेका छन्। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ।