ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख मादेनलाई संक्रमण पुष्टि

ताप्लेजुङ। जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनलाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखिए पछि विहीबार पिसिआर जाँचका लागि आफूले स्वाब दिएको र आज रिपोर्ट पोजेटिभ आएको मादेनले बतfए। ‘केही दिन अघि सम्म अत्याधिक खोकी लाग्ने, शरीरका सबै भाग दुख्ने जस्ता समस्या थियो, अहिले अलि कम भएको छ, आजै रिपोर्ट पनि पोजेटिभ आयो’ उनले भने। आफू सँग सम्पर्कमा रहेका सबै जनालाई सुरक्षित र सतर्क रहन समेत उनले आग्रह गरे। अहिले होम आईशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पहिलेको भन्दा सामान्य बन्दै गएको उनको भनाई छ।

मादेन गएको ८ गते फकताङलुङ गाउँपालिका ६ घुन्सामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको स्वास्थ्य इकाईको भवनको उद्घाटन कार्यक्रममा समेत सहभागी हुनुभएको थियो। घुन्सामा छँदै उहाँमा ज्वरो आउने, सामान्य रुघा खोकी लाग्ने जस्ता समस्या देखिएको थियो। यसरी स्वास्थ्यमा समस्या आए पछि अरु सँग नजिक नरही १० गते घर फर्किएको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  ‘कोभिशिल्ड’ खोप काठमाडौँमा १७ खोपकेन्द्रबाट दिइने

यसैबीच ताप्लेजुङमा सक्रिय सङ्क्रमितको संख्या १४ पुगेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाँईले बताए। उनका अनुसार शनिबार मात्रै ताप्लेजुङबाट ८० जनाको स्वाब संकलन गरि परीक्षणका लागि विराटनगर पठाइएको छ।