ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा।

झापाको भद्रपुर नगरपालिका–४ स्थित नरसिंह बगानबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र सोही स्थानका ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान ११ः०० बजे पक्राउ गरेको हो। चेकजाँचका क्रममा उनीहरुका साथबाट पाँच ग्राम ब्राउनसुगर फेला परेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  ललितपुरमा श्रीमान् र श्रीमती घरभित्रै मृत भेटिए