नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष शेखर गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष शेखर गोल्छा बनेका छन्। कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान मुताविक भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन्।

निर्वाचन आइतबार विहान सम्पन्न भएको थियोे। प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे। योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष भएकी छिन् ।

अन्य सम्बन्धित समाचार:  सेयर किनेकाे भोलिपल्टै भुक्तानी गर्नुपर्ने नियम आउँदै