बाँकेमा दुई समुहबीच झडप, एकको मृत्यु, नौ घाइते

नेपालगन्ज। बाँकेमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। नौ घाइते भएका छन्।

जानकी गाउँपालिका ५ बनियाँ गाउँमा सोमबार साँझ यादव र गुप्ता समूहबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो। उनको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए।

पूर्णिमामा गाउँमा मेला लागेको थियो। मेलामा यादव र गुप्ता समूहबीच झडप भएको हो। झडपमा घाइते ९ जनाको उपचार भइरहेको छ। प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाले समेत विकासको लहरलाइ रोक्न सकेनः प्रधानमन्त्री ओली