बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल। बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलमा उपचाररत रुपन्देही र कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको हो। बुटवल–७ की ५३ वर्षीया महिला तथा कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो।

मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन्। उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकी थिइन्। उनको पनि सोमबार नै मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमित कर्मचारीलाई १४ दिन बिदा दिने तयारी