नेपालगञ्ज। बाँकेको कोहलपुरमा कोरोना भाइरसको संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु भएको छ।
भेरी अस्पतालमा मंसिर ६ गते भर्ना भएका वृद्धको बिहीबार बिहान मृत्यु भएको हो। योसँगै कोरोनाबाट बाँकेमा मर्नेको संख्या ३९ पुगेको छ।
भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा हाल कोरोनाका ४७ सिकिस्त बिरामीको उपचार भइरहेको छ। भेरीमा ३४ तथा कोहलपुरमा १३ सिकिस्त बिरामी छन्।
जिल्लामा १३४ संक्रमित होम आइसोलेसनमा छन्।