बर्दिया: टिप्पर र कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

दीपकलाल श्रेष्ठ, बर्दिया।
टिप्परले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका-४ स्थित ढोढरी चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।
चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिप्परले पूर्वबाट आउँदै गरेको बा १६ च २४५३ नम्बरको कारलाई ढोढरी  चौकमा दिउँसो साढे २ बजे टिप्परले ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरीले जनाएको छ। दुर्घटनामा गुलरिया नगरपालिका-४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कन्चनपुरकी १८ वर्षीया निधी सुनारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार गुलरिया ४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीया कृतिका सुनार तथा कन्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन्।
घाइतेहरुलाई थप उपचारको लागि नेपालगञ्ज लगिएकाे प्रहरीले बताएको छ।