बाँकेमा दाङका दुई संक्रमितको मृत्यु

नेपालगञ्ज। कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दाङका दुई संक्रमितको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष तथा तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। मंसिर ४ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति मृत्यु भएको हो। मंसिर १३ गते कोरोनाबाट संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  स्कुल बसको ठक्करबाट चितवन दुईजनाको मृत्यु