डा फाउचीलाई प्रमुख स्वास्थ्य सल्लाहकार बन्न बाइडेनको प्रस्ताव

एजेन्सी। अमेरिकाको नयाँ राष्ट्रपति पदमा निर्वाचित जो बाइडनले संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीलाई आफ्नो प्रमुख स्वास्थ्य सल्लाहकार बन्न बिहीबार प्रस्ताव राखेका छन्।

कोरोनाविरूद्धको अमेरिकी लडाईंमा साथ दिन बाइडेनले फाउचीलाई आग्रह गरेका छन् । डा फाउची वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरूद्ध बनाएको टास्क फोर्सका प्रमुख हुन्।

बाइडनले आगामी जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दै छन्। कोरोना महामारी सुरू भएपछि फाउचीको सल्लाहलाई ट्रम्पले नजरअन्दाज गरेका थिए। ट्रम्पले फाउचीलाई जिम्मेवारीबाट हटाउनेसम्मको धम्की दिएका थिए।

 

अन्य सम्बन्धित समाचार:  ट्रम्पले फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरे