काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप विश्वको सार्वजनिक सम्पत्ति हुनुपर्ने बताएका छन्। कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेका बेला उपलब्ध हुने कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्नेमा जोड दिएका हुन्।
मानव जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने उनको भनाई छ। प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए।
अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे।