उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट, चार मजदुर घाइते

उदयपुर। उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा बम विष्फोट भएको छ। बिहिबार राति साढे १२ बजेतिर चार वटा बम बिस्फोट हुँदा चार जना मजदुर घाइते भएका छन्। विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

तीन चार जना ब्यक्तिले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चार वटा बम बिस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए। ती व्यक्तिले खानीमा रहेका मजदुरहरुलाई गालीगलौजसमेत गरेको पाइएको दाहालले बताए। लगत्तै उनीहरूले विष्फोट गराएपछि मजदुरहरू आत्तिएर भागेका थिए।

कसले र किन बम विष्फोट गरायो भन्नेबारे केही पनि खुलेको छैन।

 

 

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु