झापामा प्लाईवुड कारखानामा आगलागी

झापा। झापाको बिर्तामोड नगरपालिका २ मा नमस्ते प्लाईवुड कारखानामा आगलागी भएको छ।

शुक्रबार बिहान आगलागी शुरु भएपनि अहिलेसम्म आगो निभाउन सकिएको छैन। आगो निभाउन बिर्तामोड, भद्रपुर र दमकबाट दमकल ल्याइएको छ।

प्रहरी र स्थानीयवासी समेत आगो निभाउन लागिपरेका छन्। आगो नजिकैको बस्तीमा फैलिन सक्ने खतरा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

आगलागीको कारणबारे पत्ता लाग्न सकेको छैन।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको सवारी व्यवस्थापन गर्न २ सय जना स्काउट सडकमा परिचालन हुने