छलफलका लागि ओली र प्रचण्ड राष्ट्रपति भवन जाँदै

काठमाडौं। सामुहिक छलफलका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राष्ट्रपति भवन शीतल निवास जाँदैछन्।

ओली र प्रचण्डलाई सामुहिक छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास बोलाएकी हुन्।

ओली र प्रचण्डले बिहीबार छुट्टाछुट्टै राष्ट्रपतिसित भेट गरेका थिए। छुट्टाछुट्टै भेटेर छलफल गर्दा सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले ओली र प्रचण्डलाई सामुहिक छलफलमा बोलाएकी हुन्।

यसअघि राष्ट्रपति भण्डारीले ओलीलाई बिहीबार बिहान तथा प्रचण्डलाई साँझ छलफलका लागि बोलाएकी थिइन्।

नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारीले लामो समयदेखि कसरत गर्दै आएकी छिन्।

यसरी पार्टीको विवादमा सक्रिय हुँदा राष्ट्रपति भण्डारीको आलोचना हुँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  श्री स्वस्थानी व्रत सुरु