लमजुङमा ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

लमजुङ। लमजुङमा पहिलोपटक कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेंसीशहर नगरपालिका–९ का ९७ वर्षीय वृद्धको बिहिबार साँझ मृत्यु भएको लमजुङ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।

उनलाई १७ गते कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा समस्या भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार लमजुङका ५ कोरोना संक्रमितको मृत्यु भएको छ। ९४ जना उपचाररत, ७ सय ८८ संक्रमणमुक्त र कुल संक्रमित ८ सय ८६ छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप अभियान देशभर सुरु