सुनको मूल्य फेरी बढ्यो, यतिमा हुँदै छ कारोबार

काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने शुक्रबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार बुधबारको तुलनामा सुन तोलामा १६०० रुपैयाँले बढेको थियो। यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर बाँडफाँडकाे तयारीमा