प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

नकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत फेसबुक पेज ह्याक भएको छ। मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक भएको हो।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ। प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ। मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ।

मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएक ह्याक भएको बताए। उनले साइबर क्राइममा यसबारे जानकारी गराइसकिएको जानकारी दिएका छन्। प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको भन्दै उनले थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने