दोलखाका प्रसिद्ध धार्मिक स्थलहरु खुले

काठमाडौं। दोलखा जिल्ला भित्रका प्रसिद्ध धार्मिक स्थलहरु सर्वसाधारणको दर्शनका लागि खुलेका छन्। कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले ३० असोजमा एक आदेश जारी गरी जिल्ला भित्रका मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो। तर, बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसअघिको आदेश हटाउने निर्णय गरेको हो।

यससँगै दोलखाका चर्चित धार्मिक गन्तब्य भिमेश्वर, कालिन्चोकसहित धार्मिक क्षेत्रमा सर्वसाधारणले शुक्रबारबाट दर्शन गर्न सक्ने भएका छन्। यी धार्मिक गन्तब्यमा स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिवार्य पालना गर्न केन्द्रले भक्तजन तथा दर्शनार्थलाई आह्वान समेत गरेको छ।

संघीय राजधानीबाट नजिक रहेको र सेवा सुविधा समेत पुगेका कारण दोलखामा अधिक संख्यामा धार्मिक पर्यटक पुग्ने गर्छर्न । दोलखा आन्तरिक पर्यटकबीच चर्चित गन्तब्य बनेको छ।

अन्य सम्बन्धित समाचार:  कोटेश्वरको सेकुवा कर्नरमा आगलागी हुँदा २० लाखको क्षति