एजेन्सी। अष्ट्रेलियामा भइरहेको भारतविरुद्धको श्रृङ्खलाको पहिलो टी-ट्वेण्टीमा घरेलु टाेली अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ।
अष्ट्रेलियाले भर्खरै सकिएको एक दिवसीय टोलीमा रहेका एस्टन अगरको ठाउँमा मिचेल स्वेप्सन तथा विकेटकीपरमा एलेक्स क्यारेको ठाउँमा म्याथ्यु वेडलाई स्थान दिएको छ।
यसैगरी भारतको टाेलीमा आजको खेलमा कुलदीप यादव र युज्बेन्द्र चाहल अटाएका छैनन्। क्रिकइन्फोले बीसीसीआईको हवाला दिँदै भारतीय टाेलीमा आधिकारिक टिम ११ को सूचीमा मनिष पाण्डेको नाम राखिएको र बीसीसीआईको ट्विटरमा भने पाण्डे नभई श्रेयस अय्यरको नाम राखिएको बताएको छ।
दुवै टाेलीको ‘प्लेइङ ११’ ; सूची यस्तो छ:
अष्ट्रेलिया
एरोन फिञ्च, डार्सी शर्ट, म्याथ्यु वेड, स्टेभन स्मिथ, ग्लेन म्याक्सवेल, मोइजेज हेन्रिकस्, सीन एबट, मिचेल स्टार्क, मिचेल स्वेप्सन, एडम जाम्पा, जस हेजलवुड
भारत
केएल राहुल, शिखर धवन, विराट कोहली, मनिष पाण्डे, सञ्जु सामसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, वाशिङ्टन सुन्दर, दीपक चाहर, मोहमद शामी, टी नटराजन