‘जुगजुग जिओ’को निर्देशकसहित ३ कलाकारलाई कोरोना, छायाँकन स्थगित

काठमाडौं। बलिउड कलाकारहरू अनिल कपुर, नीतु कपुर र वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ। फिल्म जुगजुग जिओको छायाँकनका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको हो।

१ महिना यता फिल्मको छायाँकन प्रभावित भएको टाइम्स अफ इन्डियाले जनाएको छ। फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो। नीतुले आफूहरू स्वस्थ र सुरक्षित रहेको बताउँदै इन्स्टाग्राममार्फत् जानकारी समेत दिएकी थिइन्।

कलाकारहरू पूर्ण रुपले ठीक भएपछि मात्र काम अघि बढ्ने जनाइएको छ। फिल्म जुगजुग जिओमा वरुण र कायरा आड्बानी जोडीका रुपमा प्रस्तुत हुँदैछन्।

अन्य सम्बन्धित समाचार:  ‘वुमन्स स्टोरीज’बाट हलिउड डेब्यु गर्दै बलिउड अभिनेत्री फर्नान्डेज