भारतको पहिलो विकेट खस्यो: शिखर धवन बाहिरिए

एजेन्सी। अष्ट्रेलियामा भइरहेको भारतविरुद्धको श्रृङ्खलाको पहिलो टी-ट्वेण्टीमा अष्ट्रेलियाले भारतको पहिलो विकेट लिएको छ। खेलको तेस्रो ओभरको पाँचाैँ बलमा मिचेल स्टार्कको हातबाट भारतका शुरुवाती ब्याट्स्म्यान शिखर धवन आउट भएका हुन्।

६ बल खेलेर व्यक्तिगत १ रन बनाएका धवनलाई स्टार्कले आउट गरेका हुन्। उनको ठाउँमा तेस्रो ब्याट्स्म्यानका रुपमा कप्तान विराट कोहली आएका छन्। कप्तान कोहलीले अर्कातर्फ रहेका शुरुवाती ब्याट्स्म्यान के एल राहुलसँग क्रिज शेयर गरेका छन्।

यति बेला भारतले ५ ओभर खेल्दै १ विकेटको क्षतिमा जम्मा ३० रन बनाएको छ भने कप्तान कोहली र केएल राहुलले क्रमश ७ र २० व्यक्तिगत रन बनाएका छन्।

अन्य सम्बन्धित समाचार:  फागुन ६ गते आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन हुने