पहिलो टी-ट्वेण्टी: भारतले दियो अष्ट्रेलियालाई १६२ रनको लक्ष्य

एजेन्सी। अष्ट्रेलियामा भइरहेको पहिलो टी-ट्वेण्टीमा घरेलु टाेली अष्ट्रेलियाले १६२ रनको विजय लक्ष्य पाएको छ। टस हारेर  पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको ५१ तथा रविन्द्र जडेजाको अविजित ४४ रनको मद्दतले १६१ रन बनाएको थियो। त्यस बाहेक भारतका लागि सञ्जु सामसनले २३ तथा हार्दिक पाण्ड्याले १६ रनको योेगदान दिए।

बलिङतर्फ अष्ट्रेलियाका मोइजेज हेन्रिक्सले ३, मिचेल स्टार्कले २ तथा मिचेल स्वेप्सन र एडाम जाम्पाले समान १-१ विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले केही बेरमा जवाफी ब्याटिङ शुरु गर्नेछ।

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने