ब्रोकर कमिसन घटाउन माग गर्दै धितोपत्र बोर्ड घेराउ

काठमाडौं। ब्रोकर कमिशन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ता सम्बद्ध संघहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन्। शुक्रबार लगानीकर्ताहरुको पाँचै वटा संघगठनहरु नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूह सम्बद्ध लगानीकर्ताहरुले घेराउ गरेका हुन्।

ब्रोकर कमिशन घटाउन दबाब सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। लगानीकर्ताहरु ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गरी लगानीकर्ताहरुको लगानीको लागत कम गर्न माग गरेका छन्।

बोर्डका उपकार्यकारी निर्देशक श्रेष्ठले लगानीकर्ताहरुको माग सकरात्मक रहेको भन्दै जति सक्दो छिटो ब्रोकर कमिशन घटाउनेबारे अध्ययन गरेर निर्णय लिने बताए। लगानीकर्ताहरूले यस अघि पनि पटक पटक माग राखेको भएपनि संबोधन नगरेको भन्दै बोर्ड पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत