काठमाडौं। नेपालमा थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित नेपालमा संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ।
त्यस्तै १ हजार ५७५ संक्रमितहरु डिस्चार्ज भएसँगै कोरोना जितेर घर फकिर्नेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ। देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ५५७ जना क्वारेन्टाइनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म देशभरमा १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ।